एनआइसी एसियाले ऋणपत्रमा उच्च लगानी गर्ने

169

काठमाडाैं – एनआइसी एसिया क्यापिटलले देशमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने भएको छ।

यसका लागि एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ संचालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ। देशमा हालसम्म संचालित सामूहिक लगानी कोषहरुको अधिकाशं रकम शेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ संचालन भएको पाइन्छ।

पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी उपयुक्त देखिँदै गएको र जोखिम अत्यन्तै न्यून हुँदा यो योजना संचालनमा ल्याउन लागिएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले जानकारी दिए।

क्यापिटलले संचालन गर्न लागेको यो योजना नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरुमध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचढावबाट कम प्रभावित हुने देखिन्छ। यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताले कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्नेछन्।

साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेका यस्ता फण्ड संचालनमा आउँदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने क्यापिटलको दावी छ। हाल एनआइसी एसिया क्यापिटलले दुईवटा बन्दमुखी योजना ‘एनआइसी एसिया ग्रोथ फण्ड’ र ‘एनआइसी एसिया ब्यालेन्स्ड फण्ड’ संचालन गरिरहेको छ।

यसका साथै एनआईसी एसिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here