शेयर बजारमा ५१ अंकको वृद्धि

121

काठमाडौं- शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । एक महिना भन्दा लामो समयदेखि निरन्तर बुलिस बन्दै आएको बजारमा आज झण्डै ५१ अंकले बढेर नेप्से १५९६ माथि पुगेको छ ।

यस्तै नेप्सेको ईतिहासमै कारोबारमा पनि नयाँ रेकर्ड कायम भएको छ । आज  ४ अर्ब १५ करोड रुपैयाँमा १ सय ८० वटा कम्पनीका ९९ लाख कित्ता शेयर कारोबार भएको छ । साथै कारोबार भएका सबै समुह उकालो लागेका छन् । जीवन बिमा समुह सवैभन्दा बढी ५ सय ७१ अंकले बढेको छ भने निर्जिवन बिमा समुह २ सय ३३ अंकले बढेको छ । उत्पादन समुहमा १ सय ४२ अंकको सुधार आउँदा होटल, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त समुह र अन्य समूहमा पनि दोहोरो अंकको वृद्धि भएको छ ।

यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताले कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्नेछन्। साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेका यस्ता फण्ड संचालनमा आउँदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने क्यापिटलको दावी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here