जापानमा कोरोना भाइरसको परिक्षण गर्दा निःशुल्क हुने

203

प्रतिनिधि टोकियो, जापान

जापानमा कोरोना भाईरसको संक्रमण परिक्षण गर्दा लाग्ने जापानी येन १ मान बढी शुल्क नलाग्ने भएको छ ।
भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनै १३ हजार देखी झण्डै २ मानसम्म लाग्ने गरेकोमा जापान सरकारले त्यो रकम आफुले तिरिदिएर निः शुल्क बनाउन लागेको हो ।

स्वास्थ्य परिक्षण गर्दा लाग्ने शुल्क सरकारले स्वास्थ्य परिक्षण गर्ने अस्पतालहरुलाई भुक्तानी गरेर नागरिकलाई निःशुल्क गराउन लागेको जनाएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार अहिले पोलिमर्स चेन रियाक्सन पिसिआर प्रविधिबाट कोरोना भाईरसको परिक्षण हुँदै आएको छ ।

लगातार ७२ घण्टा भन्दा बढी समय ज्वरो आएमा, रुघा खोकी तथा घाँटी दुखेर सास फेर्न गाह्रो हुने, चिरचिर पसिना आएमा कोरोना भाईरसको संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले जनाउँदै आएका छन् ।

यस्ता संकेत देखिएमा सार्वजनिक स्वास्थ्य केन्द्रमा फोन गरेर सल्लाह लिनुपर्नेछ । त्यसपश्चात अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार कोरोना भाईरसको संक्रमण आंशका गरिएका व्यक्तिको स्वास्थ्य परिक्षण हुनेछ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले स्वास्थ्य परिक्षण गर्दा लाग्ने शुल्कको रुपमा अस्पतालहरुलाई १३ हजार ५ सय येन र परिक्षण गर्ने संस्थाहरुलाई १८ हजार जापानी येन भुक्तानी गर्ने जनाईएको छ ।

यस्तो खर्चलाई जापान सरकारले सार्वजनिक खर्चको बजेटबाट भुक्तानी गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here