सरकारले विदेशबाट फर्केकालाई क्‍वारेन्टाइनमा राख्‍न नसकिने : महानिर्देशक श्रेष्ठ

183

काठमाडौं — नेपाल सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्‍न नसकिने जनाएको छ ।
कोरोना भाइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो जनाएका हुन् ।

उनले विशेष परिस्थित र संक्रमित क्षेत्रबाट आउने बाहेक सबैलाई क्वारेन्टाइन गर्न नसकिने जनाएका हुन् ।
‘‘स्पेशल कण्डिसनको छ भने क्‍वारेन्टाइन गर्छौं । एकदमै संक्रमित भएको ठाउँमा छ, भने हामी ल्याएर क्वारेन्टाइन गर्छौँ । त्यो हामीले व्यवस्था गरेका छौँ र प्रदेश प्रदेशमा गरेका छौँ । तर आम मान्छे जो स्वतन्त्र रुपमा आउँछ सबै देशैलाई त क्वारेन्टाइन गर्न सम्भव छैन्’’, उनका अनुसार, ‘‘त्यस्तो मान्छेहरुलाई होम क्वारेन्टाइन्मा बस्नुस भनेका छौँ । उहाँहरु आफू घरमा बस्नुपर्‍यो । छुट्टै बस्नुहोस् । मास्क लगाएर बसिदिनुहोस् । आफूले खाएको भाँडाकुँडा आफैंले सफा गरेर छुट्टै राख्नुहोस् । केही समयसम्म अर्काको कोठामा नजानुहोस भनेर हामीले उहाँहरुलाई भनेको त्यो भनेको होम क्वारेन्टाइन हो । संसारभरी नै त्यही प्राक्टिस छ ।’’

हाल नेपालमा संक्रमण भित्रिने गरी दक्षिण कोरियाबाट सबैभन्दा बढी सुरक्षा जोखिम रहेको पनि महानिर्देशक श्रेष्ठले जनाए । नेपाल सरकारले बढी सुरक्षा जोखिम रहेका देशहरुको पहिचान गर्न अध्ययन गरिरहेको पनि जनाए । सरकारले पहिचान गरेका शंकास्पद व्यक्तिलाई अस्पताल लगिने उनले जनाए । साथै सरकारले स्थापना गरेका क्वारेन्टाइनस्थहरु पनि बन्द नभएको महानिर्देशक श्रेष्ठले जनाए ।

महानिर्देशक श्रेष्ठले शंकास्पद सबैलाई विमानस्थलमा परीक्षण गर्ने गरिएको समेत जनाएका छन् । नेपाल भारत सीमा क्षेत्रका ४१ वटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here