काठमाडाैं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् ।
दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा तरुण दलका पूर्व केन्द्रीय सदस्य तथा पर्यटन व्यवसायी समेत रहेका सुबोध प्रधान पक्राउ परेका हुन् ।
तरुण दल चितवनका निवर्तमान अध्यक्ष राम श्रेष्ठका अनुसार प्रधानलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रधानले तीन दिनअघि फेसबुकमा राखेको पोस्ट अहिले हटाइ सकिएको छ । फेसबुकमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरीका आधारमा प्रधानलाई नियन्त्रणमा लिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जनाए ।
फेसबुकमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरीका आधारमा प्रधानलाई नियन्त्रणमा लिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । प्रधानले तीन दिनअघि राखेको पोस्ट फेसबुकमा अहिले हटाइ सकिएको छ ।


















