एजेन्सी – छोराको हत्या गर्न भनेर हिँडेका दक्षिण अफ्रिकी राजा डालिनडिएबोलाई प्रहरीले गिरफ्तार गरेको छ।
बीबीसीका अनुसार राजदरबारमै राजा बुएलिकाया डालिनडिएबो बन्चरो लिएर छोरा आजिनाथी जेललिज्वे खोजिरहेका थिए।
प्रत्यक्षदर्शीका अनुसार आजिनाथी झ्यालबाट भागेका थिए। तर डालिनडिएबोले बुहारीलाई भने आक्रमण गरेका थिए। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।
राजा डालिनडिएबोलाई अपहरण, आक्रमण र आगो लगाएको आरोपमा १२ वर्ष जेल सजाय दिइएको थियो।
तर त्यहाँको राष्ट्रपतिले चार वर्षपछि नै उनलाई जेल मुक्त गरेका थिए। डालिनडिएबो जेलमै हुँदा उनका छोरा आजिनाथीलाई राजाको भूमिका सुम्पिएको थियो।
आफू हुँदाहुँदै छोरा आजिनाथीलाई राजाको भूमिका दिएकोमा डालिनडिएबो रुष्ट भएको जनाइएकाे छ ।



















