कोरोनाको त्रास भएतापनि लगानी सुरक्षित : निर्मात्री पाण्डे

288

काठमाडाैं – गत फागुन ९ गतेदेखि प्रदर्शन भइरहेको दीपेन्द्र के. खनाल निर्देशित कथानक चलचित्र ‘आमा’ शुक्रवारबाट चौथो हप्तामा प्रवेश गरेको छ । योसँगै प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ हलबाट उत्रिसकेको अवस्थामा ‘आमा’ ले भने चौथो हप्तामा पनि पर्याप्त हल पाएको छ । त्यस्तै, मल्टीप्लेक्सहरुमा पनि चलचित्रले राम्रो सोज प्राप्त गरेको छ । तर, केही दिनयता भने हलमा चलचित्र हेर्ने दर्शक कम रहेको छ ।

कोरोना भाइरसको त्रासका कारण चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति पातलिँदै गए पनि चौथो हप्तासम्म आइपुग्दा ‘आमा’ ले आफ्नो लगानी सुरक्षित गरेको निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । डिएस डिजिटलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘चौथो हप्तासम्म आइपुग्दा फिल्मले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ ।’

निर्मात्री शर्मिला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा –चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’ कोरोनाको त्रासबीच पनि हलसम्म पुगेर फिल्म हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद दिएको छ । फिल्मको कमाईबाट निर्माण टिम सन्तुष्ट छ ।

चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो । ‘आमा’ हेरेपछि समीक्षकले निर्देशक दीपेन्द्र के. खनाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशनको ट्याग दिएका छन् । भने, दर्शकले फिल्मलाई ‘मास्टरपिस’ भन्दै प्रशंसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here