काठमाडौं / कोरोना भाइरसको त्रासका कारण झापाका दुई स्थानीय तहले आजदेखि विद्युतीय हाजिर नगर्न सूचना जारी गर्दै कर्मचारीलाई अनुरोध गरेका छन् ।
मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर कोराना भाइरसको सङ्’क्रमणलाई दृष्टिगत गरेर नगरपालिका मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विद्युतीय हाजिर नगर्न अनुरोध गरेका हुन्।
भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले धेरै जनाको हातले ई–हाजिरमा थिच्दासमेत सङ्’क्रमणको त्रास हुने हुँदा त्यस्तो अनुरोध गरेको बताउनुभयो । उहाँले विगतमा झैँ रजिस्टरमै अर्को सूचना जारी नभएसम्म हाजिर गराउन सबैलाई निर्देशन दिइएको जानकारी दिनुभयो । रासस

















