सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा

746

काठमाडौं / खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा पर्नुभएको छ । सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम मंगलबार सार्वजनिक गरेको छ । त्यसमा मन्त्री मगरको नाम समेत समावेश  छ । आयोगले सार्वजनिक गरेको सूचीमा मन्त्री मगरको नाम १९० नम्बरमा राखिएको छ । ठेगाना कञ्चनपुर, कालिका लेखिएको छ ।

मन्त्री मगरलाई २०६० सालमा राज्यले बेपत्ता पारेको थियो । तर उहाँ २८ महिनापछि सम्पर्कमा आउनुभयो र पार्टीमा सक्रिय हुनुभयो । राज्यले बेपत्ता पारेको बेला उहाँको नाम बेपत्ता सूचीमा राखिएको थियो । तर त्यसलाई अहिलेसम्म नहटाइएको कारण उहाँको नाम बेपत्ता सूचीमा परेको हो ।

द्वन्द्वकालमा उहाँलाई राज्यले बेपत्ता पारेको थियो, त्यही कारण सूचीमा नाम परेको हुनसक्छ ।’ भन्दै मन्त्रीका स्वकीय सचिव विजय भट्टराईले यसप्रति आश्चर्य व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here