कोरोनाबाट संक्रमित बिरामीको मृत्युको खबर ‘हल्ला मात्रै’

158

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको एउटा ‘अडियो’ हल्ला मात्रै भएको अस्पतालले जनाएको छ। समामाजिक सञ्जालमा शनिबार बिहानै नर्भिकमा ८ जना बिरामी भेटिएको भन्ने एउटा अडियो सार्वजनिक भएको थियो।

अस्पतालले यो हल्लामात्रै भएको र यस्ता हल्लाको पछि नलाग्न भनेको छ।

‘राष्ट्रमा आइपरेको जटिल एवं संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति खेद प्रकट गर्दछौं’ अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एक विज्ञप्ती निकाल्दै भनेका छन् ‘अहिलेसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि विरामी पत्ता लागेका छैनन्, यसमा हामी सवैलाई निश्चिन्त र प्रष्ट पार्दछौं।’

उनले यस्ता भ्रामक खबर फैलाउनेलाई कारबाहीको पनि माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here