द्वन्द्वग्रस्त देशहरुमा कोरोना भाइरसको सबैभन्दा ठूलो असर पर्ने : राष्ट्रसंघ

53

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसका कारण द्वन्द्वग्रस्त मुलुकहरुलाई सबैभन्दा ठूलो असर पर्ने चेतावनी दिएका छन् ।

महासचिव गुटेरेजले गृहयुद्धको मारमा परेका लिबिया, यमन, कोलम्बिया, सिरिया तर्फ संकेत गर्दै ती मुलुकहरुमा महामारी अत्याधिक फैलन सक्ने चेतावनी दिएका हुन् ।

साथै उनले ती देशहरुमा हिंसा अन्त्यका लागि समेत आह्वान गरे । द्वन्द्वग्रस्त मुलुकहरु कोरोना भाइरसको महामारी नियन्त्रण एवं रोकथामका लागि तयार नहुने भएका कारण ती मुलुकहरुमा महामारीले ठूलो मानवीय क्षति निम्त्याउने उनको चिन्ता छ ।

 

यसअघि महासचिव गुटरेजले विश्वभर चलिरहेका सबै युद्ध अन्त्य गर्न अपिल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here