रिपोर्ट नेगेटिभ आएपछि खरिपाटी क्वारेन्टाइनका सबैलाई घर पठाइने

160

भक्तपुर – भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनालाई आज घर पठाइने भएको छ। कोरोना प्रभावित देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो।

हिजो उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाकारी दिए। रिपोर्ट नेगेटिभ आइसकेकोले अब घर पठाउन सकिने इपिडिमियोलोजीका निर्देशक डा. बासुदेव पाण्डेले जनाकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here