पतिको हत्याका लागि प्रेमीलाई रातको दश बजे मीनाले ढोका खोलिदिएपछि…

189
औषधी व्यावसायी साथीहरुस कारोवारको कुरा गर्दै घरमै मदिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मार्न श्रीमती आफैले सवा दशबजे घरको ढोका खोलिदिएकी थिइन । त्यसछि रक्सीको नशाको निन्द्रमा परेका उनका पतिलाई प्र्रेमी ब्रम्हदेव साहले योजना अनुसार ओछयानमै घाँटी थिचे अनि उनका साथी सोनु साहले खुट्टा समाए ।

आकस्मात घटना भएपछि दुलालले छटपटाउदै प्रतिकार गरे । तर उनलाई टाउको , जीउ र खुट्टमा रडले प्रहार गरियो । प्रतिकारका क्रममा प्रेमी ब्रम्हदेवले घाँटी थिच्न प्रयोग गरेको डोरी चुँडियो तर निष्ठुरी श्रीमतीको मन पग्लिएन । पुन अर्को डोरी प्रयोग गरेर ब्रम्हदेवले घाँटी थिचेर हत्या गरिछाडे । घाउ र रगत नदेखियोस भनेर सबैले मिलेर दुलालको घाँटी र शरीरमा पाउडर छर्के ।

आफनै योजनामा आफनै कोठामा श्रीमानको हत्या गर्न सफल भएपछि श्रीमती मीनाले आइतबार बिहान ३ बजे घरधनी र औषधी व्यवसायी धनबहादुर काफलेलाई फोन गरेर दुलाल सिकिस्त भएको भन्दै फोन गरिन । सबैले हतारहतार अस्पताल चौकमा रहेको गोल्डेन अस्पताल उपचारकालागि लगे । तर दुलालको मृत्यू भैसकेको थियो । यसैले डाक्टरले पोष्टमार्टमकालागि कोशी अस्पताल लान सल्लाह दिए ।

घटनाको सूचना मोरङ प्रहरीमा पुग्यो । घटनाको प्रकृतिहेर्दा र उनीसँगै शनिवार साँझ घरमै मदिरा पार्टी खाएका औषधी व्यवसायी साथीहरुसँग बुझदा दुलालको मृत्यु हैन हत्या भएको भन्ने निष्कर्षमा प्रहरी पुग्यो । किनभने मृतक दुलालको घाँटीमा गहिरो निलडाम थियो भने निधार र खुट्टा र शरिरमा गहिरो चोट थियो । शनिवार मदिरा पार्टी खाने औषधी व्यवसायी साथीहरु हरिमोहन श्रेष्ठ र धनबहादुर काफलेपनि साँझ ९ बजे नै बाहिरिएका थिए । घरमा दुलाल र उनकी श्रीमती बाहेक कोही थिएन । तर श्रीमान दुलाल आफै सुतेको ओछयानमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।

मोरङका एसपी विश्व अधिकारीका अनुसार घटना विश्लेषणबाट हत्याको निष्कर्ष आएपछि प्रहरीले श्रीमती मीनालाई नियन्त्रणमा लिएर शनिवार रातभरि केरकार गरयो । केही बेरमै उनले आफुले सिरहा लहान नगरपालिका १० पडहरिया टोल घरभै विराटनगर ४ स्थित बुढाथोकी फार्मेसीमा बिक्रेताको काम गर्ने २१ ब्र्षिय प्रेमी ब्रम्हदेव साह र उनका साथी ईटहरी उपमहानगर १२ बस्ने २० बर्षिय सोनु साहसँग मिलेर आफनै श्रीमानको आफनै अगाडी हत्या गराएको रहस्य खोलिन ।

प्रदेश नं १ प्रहरी कार्यालय र मोरङ प्रहरीको बिशेष अनुसन्धान टोलीले रातभरिमा मोवाइल टे«स गरेर दुबैलाई पक्राउ गरयो । र बयानका क्रममा दुबैले आफनो अपराध स्विकार गरे । उनीहरुका अनुसार मीनाको श्रीमानलाई हत्या गर्ने योजना उनीहरुले तीन महिना पहिलादेखी नै बनाएका थिए । तर मौका जुरेको थिएन । शनिवार व्यावसायी साथीहरुसँग रक्सी धेरै खाएर सुतेपछि उनीहरुकालागि अवसर जुरेको थियो । नौ बजे रक्सी खाएर दुई जना साथीहरु बाहिरिएपछि विराटनगर १० मधुमारामा औषधीको थोक व्यपार गर्दै आएका व्यपारी दुलाल साढे ९ बजेतिर सुतेका थिए ।

औषधी व्यवसायी मृतक देवी दुलाल

श्रीमान निदाएको थाहा पाएपछि श्रीमती मीनाले प्रेमी ब्रम्हदेवलाई फोन गरेर घरको ढोका खोलिदिएकी थिइन । ब्रम्हदेवले पनि योजना अनुसार आफनो साथीलाई लिएर मीनाको घर पुगेका थिए ।

घरपरिवारसँग बिद्रोह गरेर पाँचथर माइती भएकी मीन श्रेष्ठसँग प्रेम बिबाह गरेका सुनसरी ईटहरी उपमहानगर १२ खनार स्थायी घर भएका देवी दुलालले मधुमारामा सिँगै घर भाडामा लिएका थिए । त्यही उनले औषधीको देवीपाथीभरा फार्मेसी नामको थोक पसल सञ्चालन गर्दै आएका थिए । आफन्तहरुका अनुसार दुलाल आफनी पत्नीलाई औधी माया गर्थे । सबैका अगाडी गुण र स्वभावको बखान गर्थे । तर अन्तत ८ बर्षको छोरो भैसकेपछि पनि उनी आफनै श्रीमतीबाट मारिए । उनको समाजमा धनी र नामी बनेर श्रीमती र छोराछोरीलाई सुख दिने सपना खरानी भयो । अनि उनकी श्रीमती क्षणिक सन्तुष्टिको आवेगले गर्दा जिवभरि कंलकित अपराधिन बन्न पुगिन ।

उता केही महिना अघि मात्र समाजिक बिवाह गरेका प्रेमी ब्रम्हदेवले आफनै निर्दोष पत्नीलाई पनि एकल बनाए । र , साथीको बिहेको पार्टी खान लोभिएका साथी सोुन साह पनि कर्तव्य ज्यान मुद्दाका कसुरदार भए । मोरङ प्रहरीले उनीहरु सबैलाई जधन्य अपराध अन्र्तगत कर्तव्य ज्यान अपराधमा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । अदालतले अपराध ठहर गरेमा तीनै जनाको जीवनभरि बाँचुन्जेल सम्म समाजसँग सम्पर्क बिच्छेद हुनेछ ।-जनआस्थाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here