काठमाडाैं – सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडीमा आफ्नो सहयोगको क्रमलाई जारी राखेको छ ।
जसअनुसार बैंकले १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको दरले स्थानीय तह राहत कोषमा रु. ५ लाख १० हजार सहयोग गरेको जनाएको छ ।
यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा रु. १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको बैंकले जनाएको छ ।
बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बंैकले लिएको छ ।


















