खुला भ्रष्टाचार विरुद्ध कविता प्रतियोगिता हुने

284

काठमाडौं – विश्वव्यापी खुला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ ।  हेम सरिता पाठक फाउन्डेसनले कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कविताको विषय तथा सन्दर्भ भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन आफ्नो कविता इमेल मार्फत पठाउनुपर्नेछ भने बढीमा दुईसय शब्द सम्मको अप्रकाशित हुनुपर्नेछ ।

राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचार तथा अश्लील शब्दको प्रयोग गरिएको पाइए त्यस्ता कविताहरू स्वत अस्वीकृत हुने, एकजनाले एउटा मात्र कविता पठाउन सक्ने आयोजकले जनाएको छ ।

कविता ३० जेठ २०७७ सम्म पठाइसक्नु पर्ने छ । प्रथम हुने कविताले नगद एक हजार यूएस डलर प्राप्त गर्ने प्राप्त गर्नेछ भने प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको संग्रह प्रकाशित गरिन आयोेजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here