देशमा थप दुईसहित कोरोना संक्रमितको संख्या ५१ पुग्यो

97

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन् । सङ्क्रमितका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले भने  ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here