काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काेराेना भाइरस (कोभिड–१९) माहामारीविरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाखको बिमालेख प्रदान गरेको छ ।
अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बिमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको लागी निर्र्जीवन बिमा कम्पनी, शिखर इन्स्योरेन्सबाट सामुहिक बिमा पोलिसी खरिद गरेको हो ।
यस बिमालेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी विकाससा अग्रणी भूमिकामा रहँदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि फोन पेमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।


















