मदिरा सेवनबाट ५ जनाको मृत्यु

56

जनकपुरधाम – महोत्तरीको भँहामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ । महोत्तरीको भँगाहा नगरपालिका–७ मा एकै वडाका पाँच जनाको मृत्यु भएको हो ।

भँगाहास्थित नयाँटोल मझौलियामा बुधबार ५५ वर्षीय लालबाबु सिंह र ४२ वर्षीय नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरीको भएको हो । त्यसैगरी रौतहट घर भई भँगाहामा काठमिस्त्रीको काम गर्दै आएका ४० वर्षीय महेन्द्र चौधरी र सिकिन्दर सिंहको मदिरा सेवनबाट बैशाख ११ गते मृत्यु भएको वडा अध्यक्ष बासुदेव सिंहले जानकारी दिए ।

वडा अध्यक्ष सिंहले गत महिना धनुषा र महोत्तरीमा अवैध मदिरा सेवनबाट मृत्यु भएको घटनापछि मदिरा भट्टी बन्द गराइएको दाबी गरेका छन् । ‘हामीले यहाँ सबै मदिरा भट्टी बन्द गराइसकेका छौं, सिंहले भने–‘तर एक महिनापछि कहाँबाट आयो मदिरा हामीलाई नै आश्चर्यमा पारेकोे छ ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पनि गत यही बैशाख ११ गते दुई जना र वैशाख १७ गते तीन जना गरी पाँच जनाको मृत्यु भएको पुष्टि गरे। ‘मृत्यु भएका व्यक्तिहरुबिहान मदिराको लत भएको र प्रायः सबैको घरमा मदिरा उत्पादन गर्ने, खाने देखियो’ प्रहरी उपरीक्षक अधिकारीले भने। स्थानीयको त्रासलाई हटाउन सिकिन्दर सिंहको शवलाई राति २ बजे नियन्त्रणमा लिई पोष्टमार्टमका लागि अस्पताल ल्याइएको उनले बताए। के कारण मृत्यु भएको भन्ने अस्पतालको रिपोर्टबाट खुल्ने र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here