अखिल नेपाल फुटबल संघकाे डे स्थगित

177

कर्मा छिरिङ शेर्पाको नयाँ कार्यसमिति चयन भएपछि एन्फाले बैशाख २२ लाई एन्फा डेका रुपमा मनाउन सुरु गरेको थियो । वैशाख २२ गते नै नयाँ शेर्पाको नेतृत्वमा एन्फा कार्यसमिति चयन भएको थियो । एन्फा डेमा एन्फाले खेलाडी, पदाधिकारी, पुराना खेलाडीहरुलाई सम्मान गर्दै आएको थियो । गत वर्ष जुमानु राई र अनु लामा सम्मानित भएका थिए ।

एन्फा डेका अवसरमा अध्यक्ष शेर्पाले खेलाडी, जिल्ला संघ, क्लब, प्रायोजक, समर्थक र अन्य सम्बन्धित सबैलाई शुभकामना दिएका छन् । गत वर्ष भन्दा पनि अझै भव्य कार्यक्रम गर्ने योजना भएपनि अहिलेको परिस्थितिका कारण स्थगित गर्नुपरेको जनाएका छन् ।

हालको समयमा भने सबै सुरक्षित रहनु महत्वपूर्ण भएको शेर्पाले बताएका छन् । उनले लकडाउनमा सरकारले दिएको निर्देशन पालन गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here