जर्मनीमा रुसकाे ग्यास ईयूले प्रतिबन्ध लगाएमा उद्योगहरू बन्द हुने भन्दै विरोध

168

जर्मनीमा रोजगारदाता र ट्रेड युनियनहरूले रुसको ग्यास बहिष्कार गर्ने युरोपेली संघको निर्णयको विरोध गरेका छन् । त्यसरी रुसी ग्यासमा ईयूले प्रतिबन्ध लगाएमा उद्योग कलकारखानाहरू बन्द हुने भन्दै उनीहरूले विरोध गरेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि जर्मनीमा नेताहरूले ईयूका सदस्य मुलुकमा रुसी ग्यास आयातमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । तर यस्तो कदम चाल्दा कारखाना बन्द हुने र धेरैले रोजगारी गुमाउने भन्दै जर्मन रोजगारदाता र ट्रेड युनियनहरूले सोमवार विरोध गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here