कोहलपुर – नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ ।
बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितमा सातजना महिला रहेका छन् । सङ्क्रमितको उमेर समूहमा ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् । अन्य सङ्क्रमित आठजना पुरुषमध्ये १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा शनिबार सङ्कलन गरिएको स्वाब नमूनामध्ये ५५ जनाको मात्र नतिजा आएको ३५ जनाको नतिजा आउन बाँकी रहेको छ । आइतबार थप चारजनाको स्वाब सङ्कलन गरिएको र त्यसको पनि नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले राससलाई जानकारी दिए । रासस