जनकपुरमा ३५ वर्षीय युवालाई कोरोना

130

जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ।  ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन् । उनले केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन् ।
संक्रमितलाई हाल जनकपुर अस्पतालमा राखिएको छ । यता अर्का संक्रमित महोत्तरीको बलवा नगरपालिका १६ वर्षीय पुरुष हुन् ।  उनीहरु दुबैमा मंगलबार कोरोना पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here