नेपाल–भारत सीमानामा तारवारको व्यवस्था गरौं : सांसद महतो

144

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुलीकुमारी महतोले नेपाल–भारत सीमा क्षेत्रको विवादलाई दीर्घकालीन समाधानका लागि सीमामा तारवारको व्यवस्था गर्नुपर्ने धारणा राखेकी छिन् ।प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै सांसद महतोले यस्तो बताएकी हुन् ।

खुल्ला सिमानाका कारण बारम्बार विवादमा आईरहेको सीमा क्षेत्रहरुमा सीमा स्तम्भहरु सारिएको, अतिक्रमणमा परेकोले त्यसको लागि तारवारको व्यवस्था गर्नुपर्ने धारणा राखेकी हुन् । कोभिड १९ का कारणले असर परेका श्रमिकलगायत सबै क्षेत्रको लागि विशेष राहतको व्यवस्था गरिनुपर्ने पनि उनले आग्रह गरिन् । स्वदेश फर्कन चाहने विदेशमा रहेका नेपालीहरुलाई फर्काउन पहल गरिनुपर्ने पनि उनको माग छ । त्यस्तै, बन्द भएका जनकपुर चुरोट कारखानालगायतका सबै उद्योग, कलकारखानाहरु सञ्चालन गर्नेगरि बजेटको व्यवस्था गर्नपनि उनले सुझाव दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here