अब बहुविवाह गर्नेलाई ५ वर्ष जेल सजाय

525

काठमाडौं/ भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध ९संहिता० ऐन २०७४ लागू भएपछि बहुविवाह गरे ५ वर्षसम्म कैद हुने व्यवस्था छ ।

विवाहित पुरुषलाई बहुविवाह गरेमा त्यस्तो विवाह स्वतः बदर हुनेछ अर्थात त्यसले कानुनी मान्यता पाउन सक्ने छैन र बहुविवाह गर्ने पुरुषलाई कडा कारबाहि हुने व्यवस्था गरिएको छ ।

त्यस्तै विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । यदि त्यस्तो गरेमा महिलालाई पनि कडा कारबाहि गरिने व्यवस्था गरिएके छ ।

त्यस्तै भदौ १ देखि नै लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ मा विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ । अन्यथा बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।

मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद सजायको व्यवस्था छ ।

यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । बिहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

मुलुकी देवानी (संहिता) ऐन २०७४ मा शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने छ । पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख गरिएको छ ।

तर जबर्जस्ती करणीबाट बच्चा जन्मेकोमा र विवाह गर्न नहुने हाडनातामा करणीबाट शिशु जन्मेमा विवाह विवाह नमानिने पनि ऐनमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here