यसअघि, एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को भाइरस पनि चमेरोकै प्रजातिले बोक्ने गरेको पत्ता लागेको थियो । उक्त भाइरस नोबेल कोरोनाभाइरससँग मिल्दोजुल्दो छ । अनुसन्धानको नेतृत्व गरेका डा. युएन क्वोक युङ भन्छन्, ‘सार्स–कोभ–टु को मूल ‘होस्ट’ चिनियाँ ‘हर्ससू’ चमेरो हुनसक्छ ।’ तर, यो यकिन गर्न थप अनुसन्धान आवश्यक रहेको युएन जनाउँछन् ।
यतिबेला नोबेल कोरोनाभाइरसको उद्गम कहाँबाट भयो भनेर चीन र अमेरिकाबीच कुटनीतिक तनाव जारी रहेको छ । वासिङट्नले चीनको ल्याबमा यो भाइरस तयार गरिएको आरोप लगाएको छ भने चीनले गत अक्टोबरमा ऊहानमा आयोजित मिलिटरी वर्ल्ड गेममा भाग लिन आएका अमेरिकी सेनाबाट यो फैलिएको आरोप लगाएको छ ।