सहभागीता नम्बर ५ लाेकेश जलन ।

116

 

 

गजल १

ऊ सङ्गै नभएको दुखेसो यो मन किन यति गर्छ ?
आफैंले टेकी हिडेको लौरो त अघि र पछि गर्छ !

म भिज्न बाँझोले जस्तै बर्खायाम पर्खिनु पर्दैन ।
मैले ऊ सम्झें भने आँखाले झरी बेमौसमी गर्छ !

तिमी झन् मान्छे हौं कै हैन मान्छेले मान्छे फेर्नू ।
यो भ्यागुतोले त कहिले कुवा कहिले नदि गर्छ !

मेरो छाती,छाती,पिठ्युँ,पिठ्युँ हो जस्तो गर्दैन ।
हेर्नोस न दिलको मान्छेले कस्तो मनपरि गर्छ !

आधा जसो यो घाँटी रेटिएर छिन्नै लाग्दा पनि ।
सोचे यार यो साथी यस्तै हो मजाक बढि गर्छ !

गजल २

अगुल्टो तँलाई ठोस्नुमा अहिले पश्चाताप लाग्यो !
ओदान माथिको रित्तो भाँडोमा तेरो राप लाग्यो !

अपबादमै भएको हो पुरानो मान्छेसग देखादेख ,
यो दिललाई आगो र मट्टीतेलको मिलाप लाग्यो !

ऊ आँखा चिम्लिदै हास्यो, म आँखा मिच्दै हाँसे ।
उसको आङ्को धुलो झार्दिनु अभिसाप लाग्यो !

छोरीको जब मोलतोल मिल्यो उम्कियो हत्यारा ।
लास बुझेको कागतमा बाको अौठाछाप लाग्यो !

कोको देखि जोगिनु म अबला भोलि के लाग्छ ?
अस्ति चोप लागेको थियो आज तेजाप लाग्यो ।
लाेकेश जलन सल्यान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here