वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच कुटाकुट भएको जनाइएको छ ।
नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइनस्थलमै सिंह नेतृत्वको टोली विवाद गर्न पुगेको थियो ।विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका डा. दीपक चौरसिया सामान्य घाइते भएको जनाइएको छ ।
यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना संक्रमणको महामारीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा चिकित्सकहरुबीच विवाद गर्नु उचित नभएको संघले जनाएको छ ।

















