मन्त्रिपरिषद बैठकले असार १६ गतेसम्म सिमा नाका र एयरपोर्ट बन्द

104

काठमाडौं – हिजाे साँझ बसेको मन्त्रिपरिषद बैठकले आगामी असार १६ गतेसम्म सबै सिमानाका, डोमेस्टिक र ईन्टरनेश्नल दुवै उडान बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार आजको बैठकले आगामी असार १६ गते अर्थात् जुन ३० गतेसम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिईएको थियो । सरकारले यही जेठ २० गते कायम रहेको लकडाउनलाई लम्ब्याएर जेठ ३२ गतेसम्म कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here