सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्ने

82

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् । विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको जनाउँदै सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने जनाए ।
कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘भारतलाई वार्तामा आउन आह्वान गर्दछु ।’
ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने दुवै पक्षले अनावश्यक आक्रोश, आवेश वा उत्तेजनामा आउने काम गर्न नहुने श्रेष्ठको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here