बुटवल – एमसिसी विरुद्ध बुटवलमा कोणसभा तथा सडक जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
लकडाउनको वेवास्ता गर्दै बुटवलको वडा न ११ स्थित देविनगर पुलपारी आयोजित उक्त कार्यक्रममा एमसिसी देशको हितमा नरहेको भन्दै खारेज गर्नु पर्ने माग सहित कोणसभा सम्पन्न गरिएको हो।
राष्ट्रिय पुनर्जागरण अभियान नेपालका तर्फबाट आयोजित कार्यक्रममा अभियानका अभियान्ता योगराज भन्डारी तथा रुद्र प्रसाद घिमिरेले बोलेका थिए। रुद्र बुटवलका देशभक्त अभियान्ताको रुपमा चिनिन्छन। बिगतमा प्रधानमन्त्री ओलि बिरुध्द कालो झण्डा देखाएर थुनामा समेत परेका ब्याक्ती समेत हुन।
एमसिसीको खारेज,लिम्पियाधुरा सहितको नक्शा संसद बाट अनुमोदन, भ्रष्टाचार , कोरोना नियन्त्रण तथा उपचारमा लापरबाही जस्ता अनेक बेथिती र देश अहितका मुद्दामा निरन्तर कार्यक्रम जारी राखिने अभियान्ता भन्डारीले लुम्बिनी पाटीलाइ जनाए ।
















