प्रधानसेनापति र सशस्त्र प्रहरीका महानिरीक्षक कालापानी प्रस्थान

155
काठमाडौं  – आज बिहानै प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन्।
काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएको गृह स्रोतले जानकारी दिएको छ भने  त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु जाने जनाइएको छ ।
 कालापानीनजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेको हुन् ।
दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा अवस्थाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसँग जानकारी लिने कार्यक्रम रहेको गृह स्रोतले जानकारी दिएको छ।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here