ओखलढुंगामा २८ बर्षीय पुरूषमा कोरोना संक्रमण

70

ओखलढुंगा – ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले  जानकारी दिए ।संक्रमित व्यक्ति लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ ।

भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलले १२ जनाको परिक्षण गरिएकोमा लिखु गाउँपालिका ३ का एक युवाको रिपोर्ट पोजेटिभ भएकाे जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here