उपत्यकामा काेराना संक्रमित संख्या ३४७ जना पुग्याे

190

काठमाडौं  – देशभर कोरोना भाइरसको संक्रमित वृद्धि दर घट्दै जाँदा काठमाडौं उपत्यकामा भने बृद्धि भइरहेको छ । आज पनि उपत्यकामा छ जनामा संक्रमण पत्ता लागेको छ । उनीहरुमध्ये पाँच जना काठमाडौं र एक जना ललितपुरका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार उपत्यकामा संक्रमित संख्या बढ्दै गएको बताए । हालसम्म ३ सय ४७ जना उपत्यकाभित्र संक्रमित पत्ता लागेको जानकारी दिए । उपत्यकामा संक्रमित संख्या बढेकोमा गम्भीरतापूर्वक अध्ययन भइरहेको समेत बताए । समुदायमा फैलिएको हो कि भनेर नमुना संकलन गरी अध्ययन समेत गरिएको उनको भनाई थियो ।

देशभरको संक्रमितको तथ्यांक हेर्दा तिव्र गतिमा घट्नु र काठमार्डौ उपत्यकामा वृद्धि भइरहनुले स्वास्थ्य मन्त्रालय गम्भीर भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here