तीन हजार नुमना परीक्षणमा टोखाका ३ जनामा कोरोना

175
Первичная обработка проб биологического материала на коронавирус COVID-19 в Микробиологической лаборатории испытательного лабораторного центра ФБУЗ " Центр гигиены и эпидемиологии в Краснодарском крае".

काठमाडौं – उपत्यकामा समुदायस्तरमै कोरोना हुनसक्ने सवाल उठेपछि विभिन्न २७ ठाउँबाट ३ हजार स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा टोखाका ३ जनामा मात्र कोरोना पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका विभिन्न लक्षित स्थानमा नमुना संकलन गरी परीक्षण थालिएको र पहिलो चरणमा ३ हजार नमुना संकलन गरिएको जानकारी दिएको छ।

मन्त्रालयले काठमाडौंमा समुदायमा कोरोना सर्वेक्षण गर्ने क्रममा फरक–फरक ठाउँबाट नमुना संकलन गरेको थियो। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट टे«सिङ इकाइका प्रमुख धनप्रसाद पौडेलेले काठमाडौंको कोटेश्वर, टोखा, कपन, तीनकुने, नख्खु, बानेश्वर, कालीमाटी, गोंगवूलगायत २३ ठाउँबाट ४८ सय नमुना संकलन भइसकेका छन्। नमुना संकलन गर्ने क्रममा बैंकका काउन्टर, मालपोत, भूमिसुधार जस्ता सरकारी कार्यालयलगायत मानिसको बढी भीड हुने स्थान छनोट गरिएको थियो। त्यसैगरी, फलफूल पसल, दूध पसल, चिया पसल, तरकारी पसल तथा सैलुन सञ्चालकलगायतको नमुना परीक्षण गरिएको थियो।

नमुना संकलन गर्ने क्रममा ट्राभल हिस्ट्री नभएका संक्रमित व्यक्तिको क्षेत्रमा समेत गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृत पौडेलले बताए। ‘शंकास्पद ठाउँमा गरेका छौं र संकलन र परीक्षण गर्ने क्रम जारी छ,’ उनले भने।

मन्त्रालयले संक्रमण घट्दै जानुमा क्वारेन्टिनमा संख्या घट्नु र धेरैको संख्यामा विदेशबाट नआउनुलगायत कारण रहेको र समुदायमा संक्रमणसमेत नरहेको दाबी गरेको छ। बिहीबार नियमित पे्रस ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘संक्रमण दर कम भएको हो, तर जोखिम कम भएको छैन।’

सरुवा रोग तथा अन्य जनस्वास्थ्यविद्हरुले भने समुदायमा नमुना संकलन लक्षित स्थानमा अझै नपुगेको जनाएका छन्।नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here