आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको जनाए । उनले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदान कहिल्यै भुल्न नहुने जनाए ।
“ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक पुष्पलाल हुनुहुन्छ”, उनले भनेका छन्,, “पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले देशको संविधान निर्माण गरेका छौँ । नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला पार्टीहरुलाई एकीकृत गरेर सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गरेका छौँ ।”
नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनले ७१ वर्ष पार गर्ने क्रममा प्राप्त भएका असाधारण उपलब्धिसँगै चुनौती पनि रहेकाले ती चुनौतीसँग जुध्न पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको स्पष्ट पारे ।

















