महाबौद्धमा कोरोना संक्रमित भेटेपछि तीन पसल सील

625

काठमाडौं – काठमाडौंको महाबौद्धमा पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सील गरिएको छ । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी एक महिला परिवारसँग बसेको अवस्थामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । संक्रमित महिलाबाट परिवारका दिदि र भाइलाई पनि कोरोना पोजेटिभ देखिएको हाे ।

यसैबीच महाबौद्ध गणेश मन्दिर नजिक पसल सञ्चालन गर्दै आएका २ जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यहाँ सूचना नै टाँस गरि गणेश मन्दिर नजिक रहेको पसलमा कारोबार गरेको भए र व्यापारीद्व धिरज शाह र रञ्जु शाहसँग संसर्गमा रहेको भए यथासिध्र स्वास्थ्य परीक्षण गर्न सूचना टाँस गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६ सय ६ सय १३ पुगेको छ । लकडाउन पूर्णरुपमा खुल्ला गरिएको छ । उपत्यकामा संक्रमित थपिएको थपियै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here