लुकाई छिपाई ल्याउँदै गरेको युरिया मल बरामद

249

बारा – बिश्रामपुर गाउँपालिका-२ कान्तिपुर टोलबाट लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २० बोरा मल युरिया मल बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको अधारमा सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उक्त मल नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरी जिल्ला प्रहरी कार्यालयको गाडीमा ढुङ्गामुढा गर्दा अगाडिको सिसा फुटेको छ । ढुङ्गा हान्ने एक पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here