काेराेना संक्रमित थपिए ३७८ सहित कुल २२ हजार ५९२

97

काठमाडौं – कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जोगश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा मृत्यु भएका तीनजनामा सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here