रुसले बनाएको कोरोना विरूद्वकाे खोप बारे डब्लुएचओ अनभिज्ञता प्रकट

215

एजेन्सी –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले कोरोनाविरुद्ध तयार बनाएको भनेको खोपबारे अनभिज्ञता प्रकट गरेको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप मानिसलाई लगाउन अब तयार भएको मंगलबार घोषणा गरेका छन्।

त्यस क्रममा उनले २ महिनासम्म मानिसमा गरिएको परीक्षणले यो खोप सबै किसिममले सुरक्षित र प्रभावकारी भएको दाबी गरेका छन्। खोप आफ्नो छोरीले पनि लगाएको र सफल देखिएकाे उनको धारणा छ।

तर यति छोटो समयमै रुसले खोप बनाएकाप्रति डब्लुएचओसहित विश्वका वैज्ञानिकले शंका र चिन्ता प्रकट गरिरहेका छन्। परीक्षणका सबै चरण पूरा नभएको आशंका उनीहरूले गरेका हुन्। यसै क्रममा डब्लुएचओको पछिल्लो अभिव्यक्ति आएको हो। डब्लुएचओले रुसले बनाएको खोपबारे आफूलाई कुनै जानकारी नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नभएको टिप्पणी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here