बाँकेमा ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

50
नेपालगञ्ज – बाँकेमा कोरोनाबाट थफ एक जना व्यक्तिको मृत्यु भएको छ।

सोमबार राति ११ः३० बजे नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, साउन ३० गतेदेखि उनमा कोरोनाको लक्षण देखिएको थियो। ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका थिए।  उक्त  दिन अस्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो।

साेमबार भदौ १ गते दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएको थियो । ती व्यक्तिको राती ११:४० बजे मृत्यु भएको हो।

बाँकेमा यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका व्यक्तिको कोरोनाबाट मृत्यु भइसकेको छ। यसैबीच, आज बाँकेबाट १३ जना डिस्चार्ज भएका छन्।

नेपालगञ्ज कारागारका सात जना थुनुवा र वडा प्रहरी कार्यालयका ६ जना प्रहरी कोरोनामुक्त भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here