कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुग्याे

68

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२  महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी ६ जना संक्रमितको मृत्यु भएको हो। काठमाडौंमा १ महिला, मकवानपुर र सप्तरीमा १/१ पुरुष, पर्सामा दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here