काठमाडौं उपत्यकामा ३ हजार २६२ संक्रमित

64

काठमाडौं – काठमाडौंका ३२ वटा वडामा कोरोना भाइरस कोभिड-१९ का संक्रमित भेटिएका छन्। तिमध्ये सबैभन्दा धेरै वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा मात्र १२३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा २ सय २५ पुरुष र १ सय ८६ महिला गरेर ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १ सय ७३ पुरुष र ९९ महिला गरेर २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौंमा शनिबारसम्ममा ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।

काठमाडौंको पनि कोटेश्वरमा धेरै संक्रमित छन्। कोटेश्वरमा मात्रै १ सय २३ जनामा कोरोना हुँदा ७ जना निको भएका छन् ।नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ। जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएकाे जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here