नेपालमा थप ९०२ जनामा कोरोना संक्रमित

72

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप २२८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  ३२ हजार ९६४ उपचारपछि निको भएका छन्।

मंगलबार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमितमध्ये ३०६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here