टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक मूर्ति चाेरी

272

डोल्पा/काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन्। मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए। उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ।

तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले जनाए। चैत २४ गते स्थानीयवासीले मन्दिरमा पूजा गरेर फर्किएर फेरि मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिए।

मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए।  बीस वर्ष पहिले पनि यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले जानकारी दिए। अहिले हराएका मूर्ति सबैभन्दा ठूलो भएको जनाइएको छ। – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here