नेवार सभ्यता र सम्पदा जोगाउने दायित्व कस्को ?

52
– रिदेन महर्जन

कुनै समय काठमाडौं उपत्यका बुद्ध धर्मको प्रचार प्रसारको मुख्य केन्द्र विन्दु बनेको थियो । यहाँको कला–संस्कृति, परम्पराकोे जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम निर्माणका कारण संसारकै दर्शनीय स्थलमध्येको एकका रूपमा परिचित रहेको छ । मन्दिरैमन्दिरको सहरका रूपमा चर्तित धार्मिक, सांस्कृतिक, प्राचिनतम् ऐतिहासिक दृष्टिकोण र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको रुपमा मानिन्छ । कुनै समय प्रकृति छटाले भरिपूर्ण स्वच्छ, सफा, सुन्दर, हरियाली तथा यति मात्रै नभइ अन्नको भण्डारै थियो । त्यसमा पनि कुनै चिजको हाहाकार थिएन सबै चिजबाट भरिपूर्ण लगायत समृद्ध थिए यहाँका जनता, अर्थात नेवार समुदाय ।

जव सातसालमा प्रजातन्त्रसँगै देशमा आमूल राजनीतिक परिर्वतन हुनुका साथै २०४६ साल बहुदल पश्चात उपत्यकामा ७७ जिल्लाका मानिसहरु आफ्नो थातथलो छोड्दै उपत्यकामा बस्ती बस्ने क्रम क्रमशः बढदै गयो । योसँगै लिच्छवीकाल, मल्लकाल, शाहकाल र राणाकालीन समयमा उपत्यकामा राष्ट्रिय पहिचान, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका हिटी (ढुंगेधारा), फल्चा (पार्टी पौवा), पुखू (पोखरी) धमाधम सार्वजनिक गुठिका जग्गाहरु सरकारी अधिकरण, दलालीहरुको जालझेलीसँगै राष्ट्रिय अस्तित्वका सम्पदाहरु आधुनिकतासँगै जीर्ण हुँदै इतिहासका पानामा सिमित रहन पुगेको भेटिन्छ ।

देशले २०७४ सालमा स्थानीय सरकार पनि पायो, तर २०७२ सालको भूकम्पमा  देशका ७ सय ५३ सम्पदामा क्षति पुगेको मध्ये उपत्यकामा रहेका विश्व सम्पदा पशुपति, वसन्तपुर, पाटन र भक्तपुरका केही सम्पदा  निर्माणले अभैmसम्म पूर्णता पाउन सकेको छैन ।  बरु  गैरकानूनी रुपमा बनाइएका ऐतिहासिक महत्व बोकेका सार्वजनिक पोखरी, गुठिका जग्गामा ठड्याईएका अग्ला—अग्ला गगनचुम्बी भवनले पूर्णता पाउँदै गइरहेको अहिले महशुस गर्नु सकिन्छ । यस विषयमा सरकार कहाँ चुकेको छ ? अर्थात नेवार समुदायको सभ्यतासँग जोडिएका सम्पदाको संरक्षणमा कस्को जिम्मेवारी हुनु पर्ने हो ? अहिले यी बिषयहरु गम्भीर बहसका विषय बन्दै गइरहेका छन् । अभैm पनि सम्पदा माथि भइरहेको भूमिमाफिया चेलखेल बीच सरकार पक्षको  नै ध्यान आकर्षण हुन सकेको छैन । यस्तो नाजुक अवस्थामा पूर्खाले छोडेर गएका धार्मिक, ऐतिहासिक, सांस्कृतिक रुपमा महत्वपूर्ण धरोहरलाई संरक्षण, सम्र्बद्धन गरि राष्ट्रियकरण गर्नु पर्छ भन्ने आवाज पनि आउन थालेको पाईन्छ ।

 

सरकारको कलुषित भावनाका बिरुद्द नेवा समुदाय जागरुक हुनु जरुरी छ । हुन त यस अभियानमा यादव लाल कायश्थ, प्रशान्त शाही, मनिश कुमार श्रेष्ठ, शैलेष लंग बरे, राजु साहुखल, बब्लु गुप्ता, अनिश बैद्य, गिता सिख्राकार, संजय श्रेष्ठ, सुदय सिलाकार आशाकाजी यलः, निरज बाडे थिमी, राजु साहुखल त्योर, सनिष श्रेष्ठ, नघस क्वाडो, चेत बुद्वाचार्य, पुनम शाक्य, निरज बाडे, श्रेणा प्रजापति र रोमन महर्जन लगायतका सदस्यहरु सकृय भइरहनु भएको नै छ ।

Image may contain: sky, cloud, night and outdoorImage may contain: night, sky, tree and outdoor

विशेषगरी उपत्यकामा छरिएर रहेका हिति, पाटी, पौवा, फल्चा लगायतका जीर्ण भैसकेका सम्पदाहरुको संरक्षणको लागि लगनखेलको बटुक भैरवबाट शुरु भएको यो महाअभियानले अहिले व्यापकता पाउँदै गएको छ । अहिले सुर्यविनायक नगरपालिका वडा नम्बर ९ को सिद्धिगाउँ नजिकै रहेको ऐतिहासिक हिति संरक्षण तथा सिक्वँ फल्चा निर्माणको कार्य ४० प्रतिशत काम सम्पन्न भएको छ ।

उपत्यकामा विशेष गरी बटुवाहरुलाई बिश्राम गर्नका लागि बटुवाहरु रात बिताउनका लागि, प्यास तिर्खा मेटाउनका लागि हिति बनाएको हुन्छ । भावी सन्नतीका लागि बाटोमा हिड्ने बटुवाहरुका सहजताका लागि पानी पर्दा खेरी बास बस्नका लागि बनाइएको हुन्छ भने ढुंगेधारा प्यास मेटाउनका लागि बनाइएको हो । उपत्यकामा आधुनिकतासँगै जीर्ण बन्दै गइरहेका यस्ता अनगिन्ति सम्पदाहरु अहिले  संरक्षण पर्खाइमा रहेका छन् ।  प्राचिनकालदेखि  महत्व बोकेका सम्पदाहरु पर्यटकीय दृष्टिले समेत  महत्वपूर्ण रहेका छन् ।  यस्ता मूर्त अमूर्त अमूल्य सम्पत्तिहरु पर्यटनसित जोडेर अर्थोपार्जनतिर सरकारले ध्यान दिनु आवश्यक  देखिन्छ भने स्थानीय सरकारले यसमा चासो लिएर सहयोग गर्नु पर्ने देखिन्छ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here