काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन्।
आइएमई पे’ का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौताबाट ६ हजार ५ सय १४ (६५१४) घरधुरी लाभान्वित हुने भएकाे छ ।


















