काठमाडौं-सञ्चारगृहबाट पीडित भएका पत्रकार तथा कर्मचारीहरु सरकार खोज्दै थाल ठटाउँदै बालुवाटार पुगेका छन् ।
नेपाल पत्रकार महासंघको श्रमजिवी हित प्रवद्धन समिति तथ सञ्चारगृहका पिडित पत्रकार कर्मचारी संयुक्त सघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रर्दशन गरेका हुन् ।
श्रमजिवी पत्रकार ऐन कार्यान्वयन नभएको र सञ्चालकहरुबाट पत्रकार तथा कर्मचार महामारीको यो संकटमा थप मारमा परेको तर सरकारले कुनै चासो नदेखाएको कारण प्रदर्शन गर्नुपरेको आन्दोलनकारीको भनाइ छ ।
उनीहरुले ‘खै सरकार कता छ ?’ भन्ने प्रश्नसहितका ब्यानर बाकेर प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले कानुन नमान्ने सञ्चारगृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई सम्बन्धित सञ्चारगृहलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।


















