सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लेखापढी व्यवसायी पक्राउ

243

दैलेख-मालपोत कार्यालयका कर्मचारीलाई दिने भनी सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लिएका एक लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ ।

मालपोत कार्यालय दैलेखका एक जना खरिदारलाई काम गराइदिन भनी लिएको रकमसहित लेखापढी व्यवसायी धनबहादुर बुढा पक्राउ परेका दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए।

आयोग सुर्खेतको स्ट्रिङ अप्रेशन टोलीले लेखापढी व्यवसायी र घुस लिन सल्लाह भएका भनिएका खनाल थरका ती कर्मचारी दुवैलाई नियन्त्रणमा लिएकोमा प्रारम्भिक परीक्षणमा लेखापढी व्यवसायीमात्र दोषी देखिएको कारण उनलाई मात्र पक्राउ गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here