देशभर अनिश्चितकालीन बन्दको घोषणा !

164

काठमाडौं / सेवा शुल्क नउठाउने रेस्टुरेन्ट संघको निर्णयका विरोधमा प्रमुख तीन वटा मजदुर संगठनहरुले आगामी मंगलबारबाट देशभरका रेस्टुरेन्टहरु अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबारको बैठकले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको थियो। यसको विरोधमा त्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई मजदूर संगठनहरु अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ, नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाली कांग्रेसको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले विज्ञप्ति जारी गर्दै मंगलबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।

उनीहरुले आइतबार सेवा शुल्क नउठाउने रेबानको निर्णयविरुद्ध कोणसभा गर्ने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here