काठमाडौं– समता अस्पताल भित्र मृत फेला परेकी २७ वर्षीया विमला तामाङका आफन्तले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

काठमाडौं जिल्ला अदालतले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई धरौटीमा छाड्न आदेश दिएसँगै बिहिवार मृतक तामाङका आफन्तले त्यसको विरोध स्वरूप नाराबाजी गरेका हुन्।
विमला तामाङलाई न्याय दे, ज्यानमाराहरूलाई धरौटीमा छोड्न पाइँदैन, अपराधीहरूलाई छोड्न पाइँदैनजस्ता नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन्।
रामेछाप दोरम्बाकी विमला तामाङ समता अस्पतालमा क्लिनरको काम गर्थिन्।


















